हुुम्ला–यहाँ एक वर्षमा पटक पटक प्रमुख जिल्ला अधिकारीको सरुवा हुने गरेको छ ।


ADVERTISEMENT


सरकार परिवर्तन भएपछि फागुन १९ गते तत्कालीन प्रजिअ डा. कृष्णबहादुर घिमिरे सरुवा भएपछि फागुन २२ गते प्रजिअ धनप्रसाद शर्मा पौडेल आई २०७४ असोज १ गतेसम्म रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


पौडेल असोज १ गते सरुवा भएपछि २०७४ असोज २ गते लक्ष्मीप्रसाद बास्कोटा आएका थिए ।

विसं २०७४ माघ १५ गतेसम्म रहेका उनको सरुवा भई चितवनबाट नेत्रप्रसाद शर्मा माघ १६ गते यहाँ आएपछि उनको सरुवा शुक्रबार पर्सामा भएको छ ।

प्रजिअ पटक पटक परिवर्तन भएपछि नागरिकताको प्रमाणपत्रजस्ता जनताका काममा बाधा हुन गएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।