काठमाडौं–राजनीतिक कन्सल्टेन्सी फर्मले ५ करोड फेसबुक प्रयोगकर्ताको व्यक्तिगत सूचनाको दुरुपयोग गरेको आरोप लागेपछि अमेरिकाको फेडरल ट्रेड कमिसनले फेसबुकमाथि अनुसन्धान शुरु गरेको जनाएको छ ।


ADVERTISEMENT


सन् २०१६ को निर्वाचनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी अभियानका दौरान क्याब्रिज एनालिटिका (सिए) को सहयोग लिएका थिए । जसले फेसबुकबाट प्रयोगकर्ताको जानकारी बिनानै व्यक्तिगत जानकारीको दुरुपयोग गरेको थियो ।


ADVERTISEMENT

# # #


आरोपपछि सिएका प्रमुख अलेक्जान्डर निक्सलाई कम्पनीको बोर्डबाट निलम्बित गरिएको छ । तर, कम्पनीले यसमा आफूहरुले कुनै गलत काम नगरेको दोहोराउँदै आएको छ ।

यता, फेसबुकको सेयर भने निरन्तर रुपमा ओरालो लाग्ने क्रममा छ । सोमबार फेसबुकको सेयर मूल्य २.६ प्रतिशतले घटेको थियो ।

बेलायत र युरोपका संसदहरुले फेसबुकका प्रमुख मार्क जुकरबर्गलाई यस विषयमा प्रमाण उपलब्ध गराउन माग गरेका छन् । सामाजिक सञ्जालले बुधबार यस विषयमा ब्रिफिङ दिने बताइएको छ ।

यस संकटका बीच मंगलबार क्यालिफोर्नियाको हेडक्वाटरमा भएको फेसबुकको स्टाफ ब्रिफिङमा जुकरबर्ग उपस्थित भएनन् । फेसबुक, विशेष गरेर जुकरबर्ग, को यस प्रकरणमा व्यापक आलोचना भइरहेको छ ।

फेसबुककी एक प्रवक्ताले भने यस प्रकरणमा आफूहरुलाई सीएले धोका दिएको बताइन् । फेसबुकले यस प्रकरणमा आफूलाई ‘पीडित’ को रुपमा प्रस्तुत गर्न खोजिरहेको छ ।