नवलपुर–पुर्वी नवलपरासीको देवचुली १ बौलाहा खोलाबाट दुईवटा जेसीबी पक्राउ गरिएको छ । मंगलबार खोलामा अवैध उत्खनन गरिरहेका जेसीबीलाई जिल्ला समन्वय समिति र प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT


खोलाजन्य पदार्थको तस्करी गर्न प्रयोग गरिएका जेसीबीलाई जिल्ला समन्वय समितिको निर्देशनमा ईलाका प्रहरी कार्यालय रजहरले नियन्त्रणमा लिएको हो । तर, चोरीमा संलग्न आधा दर्जन ट्याक्टलाई भनो प्रहरीले पक्रउ गर्न सकेन ।


ADVERTISEMENT

# # #


ना १ क ५४५९ र ना १ क ६३६८ नम्बरको जेसीबी मेसिन पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका जेसीबीलाई ५०/५० हजारको दरले जरिवाना असुल गर्ने समन्वय समितिका सदस्य मुरारी घिमिरेले बताए ।