काठमाडौँ– निरन्तर उकालो लाग्दै आएको सेयर बजार आज भने दोहोरो अङ्कले ओरालो लागेको छ ।


ADVERTISEMENT


नेपाल स्टक एक्स्चेन्जका अनुसार आज बजार ३९.५७ बिन्दुले ओरालो लागेर एक हजार ६१२ बिन्दुमा अडिएको छ । ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत आज ९.०८ बिन्दुले घटेको छ ।


ADVERTISEMENT

# # #


कुल १४२ कम्पनीको २२ लाख नौ हजार ९३१ कित्ता सेयर रु एक अर्ब ५० करोड ९४ लाख ८८ हजार ८२८ मूल्यमा बिक्री भएको स्टकले जनाएको छ । उत्पादन समूहबाहेक अरु समूहको सेयर घट्दा बजार ओरालो लागेको हो । सो समूहको सेयर मूल्य ८.९६ बिन्दुले बढेको छ ।

बैंकिङ समूह ४४.०७, होटल ४६.३७, विकास बैंक ३८.८७, जलविद्युत् ७१.२४, फाइनान्स १.९५, बिमा १८४.४७ र अन्य समूह ६.०७ प्रतिशतले घटेको छ । निरन्तर बुलिस टे«न्डमा अगाडि बढेको बजार स्थानीय तहको निर्वाचनको विषयमा आइरहेका परस्पर विरोधी धारणाले पनि वियरिङ टे«न्डतिर फर्केको हुन सक्ने अड्कल गरिएको छ ।