काठमाडौं–पछिल्लो एक सातामा सरकारका दुई मन्त्रीले भारतको भ्रमण गरेका छन् । अर्थमन्त्री डा.युवराज खतिवडा र उद्योगमन्त्री मात्रिका यादवले भारत भ्रमण गरेका छन् ।


ADVERTISEMENT


यद्यपी दुवै मन्त्री औपचारिक कार्यक्रममा भाग लिन दिल्ली गएका थिए । केपी ओली नेतृत्वको सरकारले सन्तुलित कुटनीतिमा जोड दिने बताएको छ । काठमाडौंमा भारतीय राजदूतले पनि सक्रियता बढाईरहेका छन् ।


ADVERTISEMENT

# # #


ओली सरकारबाट पहिलो विदेश भ्रमण अर्थमन्त्री डा।खतिवडाले गरेका थिए । उनी गत बुधबार दुई दिनका लागि नयाँ दिल्ली पुगेका थिए । तर, पाँच दिनसम्म उतै बसे ।

भारतको हरियाणास्थित गुरुग्राममा हुने ‘प्रतिआतंकवाद सम्मेलन २०१८’ मा भाग लिन अर्थमन्त्री खतिवडा दिल्ली गएका थिए । मन्त्रिपरिषदको बैठकले नै यो सम्मेलनमा अर्थमन्त्री खतिवडालाई पठाउने निर्णय गरेको हो ।

आइतबार वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव नयाँ दिल्ली पुगे । यादव विश्व व्यापार संगठनको मन्त्रीहरुको अनौपचारिक वैठकमा भाग लिन दिल्ली गएका हुन् ।

दिल्ली गएपछि उनले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग पहिलो भेट गरेका थिए । प्रधानमन्त्री ओली र भारतवीच विगतमा तित्ततापूर्ण सम्बन्ध थियो ।

बामगठबन्धनले चुनाव जितेपछि दुवै पक्षले सम्बन्ध सुधारको पक्षमा काम गरेका छन् । यहीक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई दुई पटक फोन गरेका थिए ।

पछि मोदीले विदेशमन्त्री सुष्मा स्वराजलाई विषेश दूत बनाएर काठमाडौं पठाएका थिए । स्वराज काठमाडौं आएपछि ओलीसँग विषेश भेट गरेकी थिइन् ।

शेरबहादुर देउवा सरकार भएका बेला ओलीसँग सम्बन्ध सुधारको सन्देश लिएर प्रदीप ज्ञवालीले दिल्लीको भ्रमण गरेका थिए । उनी ओली सरकारमा परराष्ट्रमन्त्री छन् ।