दाङ– सभामुख कृष्णबहादुर महराले आफूले निष्पक्ष भूमिका निभाउने बताएका छन् । तुलसीपुर उद्योग वाणिज्य संघले बुधबार तुलसीपुरमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उनले सरकारलाई नीतिनिर्देशन गर्ने ठाउँँमा भएकाले आफ्नो भूमिका निष्पक्ष हुने बताए ।


ADVERTISEMENT


सभामुख महराले भने– “अब म पाँच वर्ष सम्मका लागि साझा व्यक्ति हुँ, कुनै राजनीति विशेषमा छैन्, म निर्दलीय भएको छु, मैले प्रतिनिधि सभामा निष्पक्ष रुपले काम गर्नेछु” । हिले आफ्नो पहिलो काम कानून निर्माण गर्ने भएकाले त्यसका लागि आफू अत्यन्त जिम्मेवार भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै उनले दाङका जनताका लागि आफ्नो जनप्रतिनिधिको भूमिकामा कतै पनि कमी नआउने बताए ।


ADVERTISEMENT

# # #


सभामुख महराले उद्योग वाणिज्य संघले उठाएको टरिगाउँ विमानस्थलको स्तरोन्नति, नियमित हवाई उडान सञ्चालन र इन्धन डिपो स्थापनाका लागि सम्बन्धित निकायसँग पहल गर्ने बताउँदै “इन्धन डिपो स्थापनाका लागि सम्बन्धित मन्त्रीसँग कुरा भएकोको समेत बताए । उनले भने, अबको एक महिनामै त्यो काम हुन्छ, बहुउद्देश्य सभाहल निर्माणका लागि पनि शहरी विकास मन्त्रालयसँग कुरा भएको छ ।

सो अवसरमा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले टरिगाउँ विमानस्थलको स्तरोन्नति, इन्धन डिपो निर्माण, बहुउद्देश्य सभाहल निर्माण र व्यावसायिक सुरक्षा लगायतका माग सहितको ज्ञापन पत्र सभामुख महरालाई बुझाएको थियो ।