काठमाडौं–फेसबुकका करोडौं प्रयोगकर्ताका गोप्य डाटा चोरी भएको प्रकरणमा फेसबुक संस्थापक मार्क जुगरबर्गले आफ्नो कम्पनिबाट गल्ती भएको स्वीकार गरेका छन् । उनले आफूमाथि विश्वासघात भएको भन्दै यसको ब्यवस्थापन गर्ने आश्वासनसमेत दिएका छन् ।


ADVERTISEMENT


जुगरबर्गले भनेका छन् ‘एप बनाउने अलेक्जेण्डर कोगन, क्याम्ब्रिज एनालिटिका र फेसबुकबीच जे भएको थियो । अहिले विश्वासघात भयो ।’ फेसबुक र अन्य ब्यक्तिमाथी पनि विश्वासघात भएको भन्दै जुगरबर्गले भनेका छन्, ‘जो हामीलाई शेयर गर्थे उनीहरुमाथी पनि विश्वासघात भएको छ ।’


ADVERTISEMENT

# # #


फेसबुकमा जारी बयानमा मार्क जुगरबर्गले भनेका छन् ‘फेसबुक मैले नै सुरु गरेको हुँ । हाम्रो यो मञ्चमा जे हुन्छ । त्यसको जिम्मेवारी मैले लिन्छु ।’ उनले समस्या समाधानका लागि तत्कालै गर्ने कामबारे पनि जानकारी दिएका छन् । उनको भनाइअनुसार सबै एप्सको जाँच गरिनेछ ।

निजी जानकारीको दुरुपयोग गर्ने डेभलपर्सलाई बन्द गर्दै प्रभावितलाई जानकारी दिने उनले बताएका छन् । फेरि यस्तो घटना नदोहोरियोस् भन्नका लागि सचेत रहेको उनले बताएका छन् । उनको भनाइअनुसार कुनै पनि किसिमको दुरुपयोग नहोस् भन्नका लागि डेभलपर्सको डाटा एक्सेस सीमित गरिने छ ।

कुनै युजरले तीन महिनासम्म एप्स चलाएनन् भने डाटा एक्सेस डेभलपर्सबाट फिर्ता लिने योजना पनि छ ।डेभलपर्सले फेसबुक प्रयोगकर्ताको पोस्ट अन्य निजी डेटाको एक्सेसमा लानु अगाडि अनुमति लिनुपर्ने छ । त्यसका लागि करारपत्रमा हस्ताक्षर गराउने योजनामा जुगरबर्ग छन् ।