काठमाडौं–रक्षामन्त्री ईश्वर पोखरेल काठमाडौं–निजगढ फास्ट ट्र्याक निरीक्षणमा निस्किएका छन् । उनी नेपाली सेनाको हेलिकोप्टर चढेर कामको प्रगति बुझ्न काठमाडौंबाट प्रस्थान गरेका हुन् । साथमा रक्षा मन्त्रालयका सचिव विनोद केसी र नेपाली सेनाका केही अधिकारीहरू पनि छन् ।


ADVERTISEMENT


७६ किलोमिटर लामो काठमाडौं–निजगढ फास्ट ट्र्याक निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ । लामो विवादपछि प्रचण्ड नेतृत्वको सरकारले २१ बैशाखमा द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो ।


ADVERTISEMENT

# # #


यो द्रुतमार्ग निर्माण भएमा काठमाडौंबाट तराई मधेस एक घण्टामै पुगिनेछ ।