काठमाडौं–नेपाल टेलिकमको मोबाइल नेटवर्क बिहीबार बिहान केहीबेर अबरुद्ध रह्यो । नेपाल टेलिकमको पोस्टपेड र प्रिपेड दुवै मोबाइलमा फोन नलाग्ने समस्या देखिएको हो ।


ADVERTISEMENT


मोबाइल नेटवर्कमा आएको समस्याले देशभर कै सेवाग्राहीले केहीबेर असुविधा झेले पनि पछि अवरोध हटेको छ ।


ADVERTISEMENT

# # #


मोबाइलमा आकस्मिक रुपमा देखिएको समस्याबारे टेलिकमले औपचारिकरुपमा केही बताएको छैन ।

टेलिकमको मोबाइलमा यसअघि पनि यस्ता प्रकृतिका समस्याहरु आउने गरेका थिए ।