काठमाडौं–शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आजबाट सुरु भएको एसइई परीक्षाको अनुगमन–निरीक्षण गरेका छन् । उनले उपत्यकाका तीन वटै जिल्लाका चार परीक्षा केन्द्रमा अनुगमन तथा निरीक्षण गरेका हुन् ।


ADVERTISEMENT


शिक्षामन्त्री पोखरेलले सिनामंगलको गुहेश्वरी माबि, मध्य बानेश्वरको रत्नराज्य माबि, सानोठिमी भक्तपुरको आदर्श माबि र लगनखेलको नमुना मच्छिन्द्र माबिको अनुगमन–निरीक्षण गरेका छन् । अनुगमनका क्रममा परीक्षा व्यवस्थापन राम्रो र विद्यार्थीमा उत्साह पाइएको मन्त्री पोखरेलले बताए ।


ADVERTISEMENT

# # #


एसइईमा चार लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका छन् । परीक्षाका लागि १ हजार ९ सय ५६ केन्द्र निर्धारण गरिएको छ । परीक्षा सञ्चालनका लागि १ हजार ९ सय ५६ केन्द्राध्यक्ष, २ हजार ४ सय ५० सहायक केन्द्राध्यक्ष, २० हजार ३ सय ४० निरीक्षक, १० हजार ६ सय ७६ सहयोगी र २९ हजार ३ सय ४० सुरक्षाकर्मी परिचालन गरिएको छ ।

एसइई अर्को वर्षदेखि प्रदेशस्तरमा सञ्चालन गर्ने निर्णय परीक्षा बोर्डको १६ असार ०७३ को बैठकले गरिसकेको छ । शिक्षा मन्त्रालयको १८ कात्तिक ०७३ को निर्णयअनुसार गत वर्षदेखि कक्षा १० को परीक्षाको नाम परिवर्तन गरी माध्यमिक शिक्षा परीक्षा (एसइई) बनाइएको थियो ।