ओखलढुंगा–छोराको खुकुरी प्रहारबाट ओखलढुंगामा एक जना गम्भिर घाइते भएका छन् । खजीदेम्बा गाउँपालिका ८ खिजिकातिका २५ वर्षीय छोरा जीवन सुनुवारको खुकुरी प्रहारबाट ५० वर्षीय गुमान सिंह सुनुवार गम्भिर घाइते भएका हुन् ।


ADVERTISEMENT


शुक्रबार बेलुका सामान्य घरायसी विवादको निहुँमा छोरा जीवनले खुकुरी प्रहार गरेको वडा अध्यक्ष कमल प्रसाद न्यौपानेले बताए । खुकुरी प्रहारबाट गुमान सिंहको टाउको, हात, घाँटी र खुट्टामा गहिरो चोट लागेको छ ।


ADVERTISEMENT

# # #


छोराको खुकुरी प्रहारबाट गम्भिर घाईते भएका उनलाई हिजो नै हेलिकप्टर चार्टर गरी उपचारका लागी काठमाडौँ पठाइएको वडा अध्यक्ष न्यौपानेले बताए । अहिले घाइते गुमानसिंहको काठमाडौँस्थित टिचिङ अस्पतालमा उपचार भैरहेको छ ।

उनको स्वास्थ अवस्था गम्भिर रहेको अस्पताल स्रोतले जनाएको न्यौपानेले बताए । आफ्नै बुबालाई खुकुरी प्रहार गरी गम्भिर घाइते बनाउने छोरा जीवनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यलय ओखलढुंगा ल्याईएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।