काठमाडौं–माओवादी केन्द्रको शनिबार बसेको पूर्व हेडक्वार्टर बैठकले प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ । यसअघि इन्चार्ज रहेका केही नेता सरकारमा मन्त्री भएपछि पाँचवटा प्रदेशमा जिम्मेवारी हेरफेर गरिएको हो ।


ADVERTISEMENT


प्रदेश ३ का इन्चार्ज हितमान शाक्य र ७ का इन्चार्ज लेखराज भट्टको जिम्मेवारी भने यथावत् राखिएको छ । प्रदेश २ का इन्चार्ज मातृका यादव, ५ का वर्षमान पुन र ६ का शक्ति बस्नेत मन्त्री बनेका छन् भने ४ का देव गुरुङ प्रमुख सचेतक बनेका छन् । प्रदेश १ का इन्चार्ज गोपाल किरातीलाई कारबाही गरिएपछि पद रिक्त थियो ।


ADVERTISEMENT

# # #


क–कसले पाए इन्चार्जको जिम्मेवारी ?
बैठकले प्रदेश १ मा इन्चार्जको जिम्मेवारी सुरेन्द्रबहादुर कार्की (राम कार्की)लाई दिएको छ । २ मा विश्वनाथ साह, ४ मा हितराज पाण्डे, ५ मा मणि थापा र ६ मा जनार्दन शर्मालाई इन्चार्जको जिम्मेवारी दिइएको छ । प्रदेश ३ मा शाक्य र प्रदेश ७ मा लेखराज भट्टलाई नै निरन्तरता दिएको छ ।–आजको नयाँ पत्रिकाबाट

एकता घोषणा ‘चैत २३ अगाडि नै’

प्रधानमन्त्री केपी ओलीले एमाले–माओवादी पार्टी एकता चैत २३ भित्रै गर्ने नयाँ प्रस्ताव गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग शनिबार बिहान छलफल गर्दै ओलीले आफ्नो भारत भ्रमणअगाडि नै एकता गर्न प्रस्ताव गरेका हुन् ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको त्यस्तो प्रस्तावमा माओवादी अध्यक्ष दाहालले पनि सकारात्मक जवाफ दिएका छन् । दुई अध्यक्षबीच संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवसँग शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएपछि केही बेर थप छलफलक्रममा ओलीको त्यस्तो प्रस्ताव आएको हो ।

ओलीले ८ गते बिहीबार दाहालसँगको भेटमा पनि आफ्नो भारत भ्रमणको मिति २३ देखि २५ सम्म तय भइसकेको र त्यसअगाडि नै सकभर एकताको काम टुंग्याएर भारत भ्रमणमा जान सकिए सकारात्मक सन्देश जाने भन्दै अनौपचारिक छलफल गरेका थिए ।

त्यसदिन दुई अध्यक्ष (ओली–दाहाल) बीच कार्यदलको तयारी र समयले भ्याउने देखिएमा छिटो टुंग्याएर जान सकिने विषयमा छलफल भएको थियो।