काठमाडौं–गृहमन्त्री रामबहादुर थापाले निर्धक्क भएर लगानी गर्न व्यवसायीलाई आग्रह गरेका छन् ।


ADVERTISEMENT


नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिमण्डलसँग आइतबार भएको छलफलमा गृहमन्त्री थापाले सुरक्षाको पूर्ण प्रत्याभूति दिन आफू तयार रहेको भन्दै बिनासंकोच लगानी गर्न व्यवसायीलाई आग्रह गरेका हुन् ।


ADVERTISEMENT

# # #


गृहमन्त्री थापाले कुनै व्यक्ति वा समूहले जबर्जस्ती चन्दा मागे त्यसको तत्काल सूचना दिन पनि व्यवसायीलाई भनेका छन् । छलफलमा गृहमन्त्री थापाले भने, ‘कस–कसले चन्दा माग्छन् मलाई सूचना दिनुहोस् ।

गृह मन्त्रालयले त्यस्ता व्यक्तिमाथि तत्काल कारबाही गर्छ ।’ उनले अहिले लोडसेडिङ पनि नभएको र सुरक्षाको प्रत्याभूतिसमेत भएको हुँदा लगानीको पूर्ण वातावरण भएको बताए ।

गृहमन्त्री थापाले कामको सिलसिलामा घुस माग्ने कर्मचारी र दुःख दिने सुरक्षाकर्मीमाथि आफूले कडा कारबाही गर्ने बताए ।–आजको अन्नपुर्ण पोष्टबाट