पोखरा – नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले गाई सम्बन्धि सँबेदनशिल बिषय उचालेर सामाजिक सदभाव खल्बल्याउन लागेको बताएका छन् । यस्ता अभिब्यक्ति र गतिबिधीका पछि नलाग्न सबै आम सचेत बिधार्थीहरुलाई महरको आग्रह छ ।


ADVERTISEMENT


एक आपसमा हार्दिकतापूर्ण सम्बन्धका साथ रहि रहेका नेपालीहरुलाई भड्काउने गरी यस्ता गतिबिधीहरु देखिनु आम बिधार्थीहरुको मनोभावना बिपरित रहेको समेत उनको बिचार छ ।


ADVERTISEMENT

# # #


पोखरा विश्वविद्यालय नेपाल विद्यार्थी संघको वृहत भेलालाई सम्बोधन गर्दै अध्यक्ष महर कम्युनिस्ट प्रबृत्तिका कारण यस्ता हिँसात्मक गतिबिधी र अभिब्यक्तिहरु आउने गरेको भन्दै यस्लाई रोक्न सबै लाग्नुपर्ने समेत बताए ।

एक अर्को बिषयमा, विश्व विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले गत वषको स्ववियु चुनावमा देशभरिकै क्याम्पसमा नेविसंघलाई बिजय गराएर सबैभन्दा ठूलो संगठन बनाउदै नेपाली काङ्ग्रेसको भातृ सस्था नेपाल विद्यार्थी संघको पक्षमा आम बिधार्थी तथा युवा रहेको पुष्टि गरिसकेको बताएका छन् ।

नेपालको उच्चशिक्षाको बिकास नेपाली काङ्ग्रेसको नेतृत्वको सरकारले २०१६ साल देखि त्रिभुवन विश्व विद्यालयको स्थापना गरे पछि सुरु भएको सम्झना गर्दै उनले पोखरा विश्वविद्यालय लगायत सबै विश्वविद्यालयहरु कांग्रेस नेतृत्वको सरकारले अगाडी वढाएकाले समग्र शिक्षाको प्रगतिका लागि पनि नेपाल विद्यार्थी संघले स्ववीयु जित्नु पर्ने कुरा ने वि संघका केन्द्रीय नेताहरू आनन्दराज त्रिपाटी, पुष्पकुमार शाही, डिल्ली राम सुवेदी लगायतले राखेका थिए ।