काठमाडौं–प्रहरीको मोस्ट वान्टेड सुचीमा रहेका बारुद सिंह भन्ने सुरेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


सिआइबीको टोलीले उनलाई आइतबार साँझ वीरगन्जबाट पक्राउ गरेको एसपी जीवन श्रेष्ठले जानकारी दिए।


ADVERTISEMENT

# # #


सिआइबीले उनलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाउँदैछ ।

सर्लाही प्रहरीमा परेको ४ वटा जाहेरीमा २ वटामा उनलाई हत्या अभियोग लागेको छ ।

जनतान्त्रिक तराई मुक्ती मोर्चा ज्वाला सिंह समूहमा समेत आबद्ध भएका उनी पछिल्लो सर्घष छाडेर आपराधिक गतिविधिमा लागेका थिए ।