काठमाडौं–मादक पदार्थ सेवन गरेर विद्यालयमा जाने शिक्षक तथा कर्मचारीको जागिर चट हुने भएको छ ।


ADVERTISEMENT


सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको शनिबार सम्पन्न दोस्रो नगरसभाबाट पारित शिक्षा ऐन–२०७४ मा मादक पदार्थ सेवन गरेर विद्यालयमा आएको प्रमाणित भएमा विद्यालय व्यवस्थापन समितिको सिफारिसमा नगर शिक्षा समितिले त्यस्ता शिक्षक तथा कार्यरत कर्मचारीलाई जागिरबाट हटाउने उल्लेख छ ।


ADVERTISEMENT

# # #


‘विद्यालयमा मादक पदार्थ सेवन गरेर आएको प्रमाणित भएमा विद्यालय व्यवस्थापन समितिले कार्यरत पदबाट हटाएर वडा शिक्षा समितिमार्फत नगर शिक्षा समितिलाई जानकारी गराउने छ’, पारित शिक्षा ऐनमा भनिएको छ, ‘हटाउनु अघि एकपटक स्पष्टीकरणको मौका भने दिइने ।’