काठमाडौं–शिक्षा एेन नवौं संशोधनको विरोधमा कांग्रेस निकट नेविसंघले आज देखि आमरण अनशन शुरू गर्ने भएको छ ।


ADVERTISEMENT


संघका पाँच युवाले आज अपरान्ह ४ बजेदेखि माइतीघर मण्डलामा आमरण अनसन शुरु गर्न लागेको महामन्त्री कुन्दनराज काफ्लेले बताए ।


ADVERTISEMENT

# # #


काफ्लेले अस्थायी शिक्षकको माग पूरा गर्ने नाममा युवाहरुलाई प्रतिस्पर्धाबाट वञ्चित गरिएको बताएका छन् ।

शिक्षित बेरोजगार बढिरहेको अवस्थामा खुकुलो प्रावधान सहित अस्थायी शिक्षकहरुलाई स्थायी गर्न लागिएको उनले बताए ।

चैत्र २३ मा सञ्चालन गर्न लागिएको अस्थायी शिक्षक परीक्षा रोक्न नेविसंघले माग गरेको छ । जसमा २२ हजार स्थायी दरबन्दीका लागि २३ हजारले प्रतिस्पर्धा गर्दैछन् ।

उत्तीर्ण हुनका लागि अस्थायी शिक्षकले पूर्णाङ्क को ४० प्रतिशत अंक ल्याए हुने प्रावधान छ ।