काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेले आफ्नो लागि इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट सुरुदेखि अन्त्यसम्म अवसरै–अवसर रहेको बताएका छन् । आईपीएल खेल्न जानुअघि सन्दीपले काठमाडौंमा पत्रकार सम्मेलन गरी आईपीएल आफ्नो लागि नयाँ भएको भन्दै एकदमै उत्साहित रहेको बताए ।


ADVERTISEMENT


सन्दीप लामिछाने मंगलबार आईपीएल खेल्न भारत जाँदैछन् । लेग स्पिनर सन्दीपले आफ्नो लागि नयाँ खेल भएको कारण आइपीएलबाट धेरै कुरा सिक्ने बताए । सन्दीपले भने “अहिलेसम्म मैले खेलेको भन्दा अलिक फरक छ । म एकदमै एक्साइटेड छु । मेरो लागि नयाँ प्रतियोगिता भएको हुँदा यहाँबाट धेरै कुरा सिक्नेछु र नेपाली क्रिकेट टिममा लागु गर्नेछु ।”


ADVERTISEMENT

# # #


सन्दीपले दिल्ली डेयरडेभिल्सले आफूलाई ठूलो सहयोग गरेको बताए । सन्दीपले भने, “प्लेइङ इलाभेनमा पर्नु नपर्नु भन्दा पनि दिल्ली डियरडेभिल्सले जितोस् । यो प्रतियोगिता पनि जितौं हामीले । कप्तान र कोचले जे निर्णय गर्नु हुन्छ, त्यो मेरो लागि मान्य हुनेछ ।”

सन्दीप लामिछानेलाई दिल्ली डेयरडेभिल्सले गत महिना आईपीएल अक्सनबाट २० लाख भारुमा आफ्नो टिममा अनुबन्धित गरेको थियो । यो सिजनको आईपीएल खेल्ने सन्दीप लामिछाने एसोसिएट राष्ट्रका एकमात्र खेलाडी हुन् ।

१७ वर्षीय सन्दीप नेपाली क्रिकेट इतिहासमा आईपीएल जस्तो ठूलो प्रतियोगिता खेल्ने पहिलो नेपाल खेलाडी हुन् ।