काठमाडौं – कारोबार हुने साताको चौथौ दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । मङ्गलबारको तुलनामा आज सुन तोलमा ३ सयले बढेको छ भने चाँदी १५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोल सुनको मूल्य १ लाख ९९ हजारमा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदी २ हजार ३ सय ४५ मा खरिदबिक्री भइरहेको छ ।
हिजो मङ्गलबार सुन प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो भने चाँदी २ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔँस सुन ३ हजार ३ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।























































