काठमाडौँ — डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्डमार्फत नेपालकै प्रमुख पर्यटन गन्तव्य चन्द्रागिरी हिल्ससँग साझेदारी गरेको घोषणा गरेको छ। यस साझेदारी अन्तर्गत, सक्रिय डिशहोम ग्राहकहरूले अब चन्द्रागिरी केबलकारको टिकटमा १० प्रतिशत छुट पाउनेछन्।


ADVERTISEMENT


काठमाडौं उपत्यकाको सुन्दर दृश्य, ऐतिहासिक महत्व र प्राकृतिक सौन्दर्यका कारण लोकप्रिय चन्द्रागिरी हिल्स, राजधानीबाट छिटो र सजिलै पुग्न सकिने प्रमुख पर्यटन स्थल मानिन्छ। डिशहोम र चन्द्रागिरी हिल्सबीचको यो सहकार्यले डिशहोमका ग्राहकहरूलाई छुटसहित चन्द्रागिरीको रमणीयता अनुभव गर्ने अवसर प्रदान गर्नेछ।


ADVERTISEMENT

# # #


यो अफर केवल माइ डिशहोम एपमार्फत सक्रिय ग्राहकहरूको लागि उपलब्ध हुनेछ। छुट प्राप्त गर्नका लागि प्रयोगकर्ताले प्ले स्टोर वा एप स्टोरबाट माइ डिशहोम एप डाउनलोड गर्नुपर्नेछ। त्यसपछि आफ्नो दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लग–इन गरी होमपेज वा प्रोफाइल सेक्सनबाट भर्चुअल प्रिभिलेज कार्ड खोल्न सकिन्छ। चन्द्रागिरी हिल्सको केबलकार टिकट किन्ने क्रममा उक्त कार्ड देखाएर ग्राहकले छुट पाउनेछन्।

यस साझेदारीलाई औपचारिकता दिने क्रममा चन्द्रागिरी हिल्सका सेल्स एण्ड मार्केटिङ प्रमुख प्रभाकर खड्का र डिशहोमका चिफ, न्यु प्रोडक्ट डेभ्लपमेन्ट एन्ड इन्टिग्रेसन अफिसर, सबिन महर्जनबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ।

डिशहोमका सीईओ तारा मानन्धरले यो साझेदारीले ग्राहकहरूलाई केवल डिजिटल कनेक्सन मात्र नभई, नेपालका उत्कृष्ट पर्यटन अनुभवहरूमा पनि छुटसहित पहुँच दिने विश्वास व्यक्त गरिन्।

डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम ग्राहकहरूलाई डाइनिङ, आतिथ्य, यात्रा, मनोरञ्जन र लाइफस्टाइल क्षेत्रमा विशेष छुट र सुविधा प्रदान गर्नका लागि सुरु गरिएको हो। कम्पनीले आगामी महिनाहरूमा थप शीर्ष ब्रान्डहरूलाई समेत यस कार्यक्रममा समावेश गर्ने योजना बनाएको छ।