काठमाडौं । विभिन्न स्थानबाट आठ जना मृत अवस्थामा फेला परेका छन् । मृत अवस्थामा फेला पर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका ७ स्थित मुसहरी टोल जाने बाटो छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।


ADVERTISEMENT


बर्दियाको गुलरिया नगरपालिका ९ टेपरी बस्ने भबिसरा खड्काको छोरा १० वर्षीय नबराज गिरी सोही ठाउँस्थित पुरानो सर्जु नदीको किनारामा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।


ADVERTISEMENT

# # #


त्यसैगरी, सुनसरीको इटहरी उपमहानगरपालिका ३ तालतलैयास्थित बुढीखोलामा सोही उपमहानगरपालिका ३ खुर्सानेखाप बस्ने ८० वर्षीय विष्णु राज राई मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यता सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ३ हैबुङ गुरूङटोल बस्ने २३ वर्षीय बिनोद गुरूङ सोही ठाउँस्थित बाख्रा फर्ममा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै, कञ्चनपुरको बेलौरी नगरपालिका ३ गोकुलपुर बजार बस्ने ६२ वर्षीय जनार औजी आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।