पोखरा– उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले आसन्न स्थानीय तहको निर्वाचन सबै दलका लागि ऐतिहासिक अवसर भएको बताएका छन् ।


ADVERTISEMENT


एक दिने पश्चिमाञ्चलस्तरीय क्षेत्रीय सुरक्षा गोष्ठीको समापनका अवसरमा आज यहाँ उनले निर्वाचनमा सबै दल, मतदाता र कर्मचारीहरुको सुरक्षाको प्रत्याभूति दिन सरकार तयार रहेकाले यो महत्वपूर्ण अवसर गुम्न नदिन सवैसँग आग्रह गरे ।


ADVERTISEMENT

# # #


वैशाख ३१ गतेका दिन एकैचरणमा निर्वाचन सम्पन्न गर्न सरकार तम्तयार रहेको उल्लेख गर्दै उनले तर मधेसी मोर्चा पनि सहमतिमा आए दुई चरणमा पनि निर्वाचन गर्न सकिने धारणा राखे । मन्त्री निधिले निर्वाचनको मिति कुनै हालतमा सर्दैन भन्दै असन्तुष्ट दलहरुलाई पनि वार्ता गरेर सहमतिमा ल्याउने प्रयास भइरहेको जानकारी गराए । उनले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकाय अहोरात्र खटिरहेको बताए ।

गोष्ठीमा पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गतका १६ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।