काठमाडौं – विदेशी पर्यटकलाई लक्षित गरी युवतीहरुलाई यौनधन्दाका लागि होटलको कोठामै पुर्याइदिने र कमिसन खाने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी खैरमारा घर भई हाल काठमाडौं चाबहिल बस्दै आएका ५० वर्षीय भक्तबहादुर वुर्जामगर रहेका छन् । उनलाई महानगरीय प्रहरी वृत दरबारमार्गको टोलीले पक्राउ गरेको हो ।


ADVERTISEMENT


उनले केशरमहल र संचय कोष क्षेत्रलाई आधार बनाएर युवतीहरुलाई यौनव्यापारमा लगाउँदै आएका थिए । प्रहरीले वुर्जामगरलाई युवतीसँग यौनधन्दाका लागि वार्गेनिङ गरिरहेको अवस्थामा पक्राउ गरेको हो । प्रहरी अनुसन्धानबाट उनले महिलाहरुलाई राजधानीको विभिन्न होटलहरुमा आफैले ट्याक्सीमा ‘डेलिभरी’ गर्ने गरेको पाइएको छ ।


ADVERTISEMENT

# # #


उनलाई काठमाडौ जिल्ला अदालतवाट मानव बेचविखन तथा ओसारपसार मुद्दामा १५ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।