काठमाडौं–मैत्रीपूर्ण खेलमा ब्राजिलले जर्मनीलाई १–० ले पराजित गरेको छ । ब्राजिलले चार वर्षअघि विश्वकप फुटबलमा जर्मनीसँग हारको बदला मात्र लिएन, जर्मनीको पछिल्लो अपराजित यात्रामा पनि पूर्णबिराम लगाइदियो ।


ADVERTISEMENT


ब्राजिलको जितमा ३७ औं मिनेटमा गाब्रिएल जिससले गरेको गोल नै निर्णायक बन्यो । जिससले गोल गर्ने अर्को एक मौका भने खेर फाले । पछिल्ला २३ खेलमा जर्मनी हारेको थिएन । सन् २०१६ को युरोकपमा भने फ्रान्ससँग २–० ले हारेको थियो ।


ADVERTISEMENT

# # #


चार वर्षअघि विश्वकप फुटबलमा ब्राजिललाई जर्मनीले ७–१ ले हराएको थियो । त्यसयता ब्राजिल र जर्मनीबीच खेल भएको थिएन । मंगलबार राति बर्लिनमा भएको मैत्रीपूर्ण खेलमा घरेलु मैदानमै जर्मनी ब्राजिलसँग हार्‍यो ।

विश्वकपको साविक विजेता जर्मनीलाई हराएर ब्राजिलले रुसमा हुन लागेको आगामी विश्वकपका उपाधि दाबीलाई प्रस्तुतसमेत गरेको छ ।