ओसिम आलम, स्वकीय सचिव (संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ) : 


ADVERTISEMENT


कुनै अनलाईनले तपाईका बारेमा प्रकाशन गरेको समाचार गलत छ भन्नु भएछ, खास कुरा के हो ?


ADVERTISEMENT

# # #


नेपालमा इमान्दारिताका साथ प्रत्रकारिता गर्ने साथीहरुलाई म के आग्रह गर्न चाहन्छु भने गलत मानिसले गर्दा पत्रकारिता क्षेत्र नै बदनाम भएको छ । गोजीमा बोकेर हिँड्ने अनलाइनहरुले गर्दा साच्चिकै पत्रकारिता गर्ने र जनता र देशको हक हितका लागि सही सूचना प्रदान गर्ने संस्था तथा व्यक्तिहरुको पनि छवी धमिलो हुने भएकाले म के आग्रह गर्छु भने त्यस्तालाई पत्रकारका संघ संस्थाहरुले कारबाही गर्नुपर्छ । अर्काको चरित्र हत्या गर्ने खालका गलत र भ्रामक समाचार बनाउनेहरुलाई नियन्त्रण गरिएन भने अन्य राम्रा मिडियाप्रति पनि आम जनमानसको नजर खराब हुन्छ । भ्रामक र गलत समाचार बनाएर ओसिम आलमको चरित्र हत्या गर्ने जुन काम भएको छ, एक रुपैया पनि गलत काम गरेको प्रमाणित गरे म सजाय भोग्न तयार छु ।

नभए प्रेस काउन्सिलले ती मानिसहरुलाई कारबाही गर्नुपर्छ । प्रत्रकार हुँ भनेर जे पनि गर्न पाउने अधिकार कसैलाई छैन । यसको प्रेस कान्सिलमा मुद्दा दर्ता गरेको छु । अब म अदालत जान्छु । एक रुपैयाँ खाएको प्रमाणित भए म पार्टीगत तथा व्यक्तिगतरुपमा जे सजाय हुन्छ भोग्न तयार छु ।

खासमा यो के विषय थियो ? कसरी र कहाँबाट आयो यस्ता कुरा भन्ने लाग्छ ?

मेरो बुझाई के हो भने गलत मानिसहरुको संयन्त्र जहाँपनि हुन्छ । संघीय मामला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसंग जोडिएर ओसिम आलमको चरित्र हत्या गर्न पाइयो भने गलत नियत र व्यबहार गर्नेहरु सफल हुन पाईन्छ भन्ने देखिएको छ । केही ३१ जना अधिकृतको सरुवा गरेको समाचार सबैभन्दा पहिले नयाँ पेज अनलाइनको प्रवीन कुलुङ राईलाई मैँले दिएको हुँ । त्यो सरुवा भएको समाचार वेबसाइटमा पहिले हालेको छ । वेवसाइटमा हालेको न्युज बदलिन्छ ? जो मानिसले मिडियामा यो यो सरुवा भए भनेर दिन्छ । त्यही मानिसले बदल्छ ? यो भनेको अहिले जनताको काम गर्न जान नचाहने कर्मचारीहरु, राज्यले खटाएको ठाउँमा जान नचाहने कर्मचारीको मिलेमोतोमा भ्रामक र मन्त्रीज्यूलाई सफल हुन नदिने नियतले समाचार बनाइएको हो । प्रधानमन्त्री र मन्त्रीले खटाएको ठाउँमा जान नचाहने, काठमाडौँमा मात्रै घुम्न रुचाउनेहरुले सिर्जना गरेको भ्रम हो । यसमा कुनै शंका छैन ।

यसमा को-को संलग्न छन् भन्ने पत्ता लगाउँदै हुनुहुन्छ ?

पत्ता लगाउँदै छौँ । पत्ता लागे पछि उनीहरुलाई कारबाहीको दायरामा ल्याउछौं । केही यस्ता खराब र नियोजित रुपमा सत्य भन्दा फरक असत्यलाई बोकेर हिँड्ने र लाग्ने व्यक्तिहरुको कारण नेपाली पत्रकारिता क्षेत्र बदनाम नहोस् । त्यस्ता व्यक्तीहरुलाई कारबाही गर्नैपर्छ ।

 

आलमले आजै प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गरेका छन् :