काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्या भण्डारीलाई राजनीतिमा फर्किन नदिन गरिएको प्रयास अस्वभाविक भएको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


बिहीबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष दाहालले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिहरु पुनः राजनीतिमा फर्किएको अन्तराष्ट्रिय अभ्यास रहेकाले उहाँहरु फर्किनु अनुचित नरहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


दाहालले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिहरु राजनीतिमा फर्किदैमा संविधानको औचित्य समाप्त नहुने जिकिर पनि गरे । उनले अहिलेको संविधान सर्वोत्कृष्ट रहेपनि संविधान अनुसारको कानुनहरु नबनाइएका कारण संविधान कार्यान्वयनमा समस्या देखिएको बताए ।

अध्यक्ष दाहालले पार्टी निर्णय तथा विधि पद्धतीको विरोधमा हुने कुनै पनि कार्य सह्य नहुने स्पष्ट पारे । नेतृत्वको विषयमा पार्टी भित्रैका मान्छेले पत्याएका छैनन् नि भन्ने प्रश्नमा दाहालले जनार्दन शर्मा प्रभाकरले नपत्याउँदैमा आन्दोलन नरोकिने जिकिर गरे ।

उनले कालापानी, लिपुलेकबारे सोधिएको प्रश्नमा अध्यक्ष प्रचण्डले छिमेकीहरुसंग देखिएको सिमानाको विवादलाई वार्ता र सम्वादबाट टुङ्ग्याउनुपर्नेमा जोड दिए ।