नेपालगन्ज– नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कामचलाउ शैलीबाट काँग्रेसलाई बलियो र संगठित बनाउन नसकिने बताएका छन् । नेपाल प्रेस युनियन, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने—“विधिलाई कुल्चेर नेतृत्व व्यक्तिवादी भएका कारणले नै काँग्रेसको सांगठनिक अवस्था कमजोर भएको हो ।”


ADVERTISEMENT


नेता सिंहले नेपाली काँग्रेसलाई जीवन्त बनाउने हो भने अहिलेको नेतृत्व परिवर्तनको विकल्प छैन, टालटुले कुरा र व्यवहारका कारणले नै पार्टीले निर्वाचनमा नराम्रो पराजय भोग्नु परेको उनले बताए ।


ADVERTISEMENT

# # #


पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उनले काँग्रेसभित्र आमूल परिवर्तनको खाँचो छ, यसका लागि नयाँ नेतृत्वसहित संरचनागत अवस्थामा सुधार गर्नुपर्ने बताए । अर्को एक प्रश्नको जवाफमा नेता सिंहले भने,“अहिलेको सरकारको गतिविधि हेर्दा जनवादको पूर्व अभ्यास गरे जस्तो देखिन्छ ।”