काठमाडौं–घरायसी विवादका कारण एक व्यक्तिको आफ्नै बुहारी र नातिनी मिलेर हत्या गरेका छन् । पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका वडा नम्बर ७ निवासी ३६ वर्षीया ठूलीमाया स्याङतान र १४ वर्षीया मनिता स्याङतान रहेका छन् ।


ADVERTISEMENT


दुवैले मिलेर ५६ वर्षीय सूर्य बहादुर स्याङतानलाई सुतिरहेको अवस्थामा चक्कु प्रहार गरी हत्या गरेका थिए । ठूलीमाया मृत्तकका बुहारी हुन् भने मनिता नातिनी हुन् ।


ADVERTISEMENT

# # #


ठूलीमायाले लगाएको कपडामा चक्कु प्रयोग गरी हत्या गर्दा उक्त कपडा पोको पारेर घरभित्र लुकाई राखेको अवस्थामा भेटिएपछि दुवैलाई पक्राउ गरिएको थियो ।

अहिले जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

ठूलीमायाको श्रीमान विगत ३ वर्षदेखि वैदेशीक रोजगारी सिलसिलामा मलेसियामा रहेका छन् ।