काठमाडौं– आईसीसीको निलम्बनमा रहेको नेपाल क्रिकेट संघ क्यानको विषेश साधारण सभा बैशाख ६ र ७ गते हुने भएको छ ।


ADVERTISEMENT


चतुर बहादुर चन्द अध्यक्ष रहेको निर्वाचित क्यानले गठन गरेको कार्य सम्पादन समितिले बैशाख १३ र १४ गते विषेश साधारण सभा गर्न आईसीसी समक्ष प्रस्ताव गरेको थियो ।


ADVERTISEMENT

# # #


तर, त्यस समयमा आईसीसीको आफ्नै बैठक भएका कारण क्यानको साधारण सभा ६ र ७ गतेका लागि तय भएको छ ।

निर्वाचित भनिएको क्यानले बोलाएको विशेष साधारण सभाले संसोधित विधानका केही विवादित बुँदाहरुमा छलफल गर्ने छ । साधारणसभाका लागि आईसीसीले बजेट पनि निकासा गरिसकेको छ ।

क्यान निलम्बनमा परेपछि नेपाली क्रिकेट आईसीसीले हेर्दै आएको छ । भर्खरै नेपालले एकदिवशीय अन्तराष्ट्रिय मान्यता पाएसँगै क्यान विवाद समाधान गर्न चौतर्फी दवाव बढेको छ ।