काठमाडौँ – ६ नम्बर प्रदेशलाई ‘पर्यटकीय गन्तव्य’ बनाउन कर्णाली प्रदेशले रारा महोत्सवको तयारी गरेको छ । आगामी वर्ष कर्णाली प्रदेशमा १ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ महोत्वसको तयारी गरिएको कर्णाली प्रदेशका वन, वातावरण तथा पर्यटनमन्त्री नन्दसिंह बुढाले जानकारी दिए ।


ADVERTISEMENT


“हामीले आगमीवर्ष ५ लाख पर्यटक कर्णाली प्रदेश पु¥याउने हाम्रो लक्ष्य हो,” उनले भने, “पाँचै लाख नसके पनि १ लाख पर्यटक कर्णाली उतार्छौं ।”


ADVERTISEMENT

# # #


महोत्वसको तयारी तीव्र भइरहेको उनको भनाइ थियो । महोत्वसकै लागि शुक्रबार प्रदेशका आन्तरिक मामिला मन्त्री नरेश भण्डारी, पर्यटक मन्त्री बूढा र कृषिमन्त्री विमला केसी पैदल मार्ग भएर मुगु जान लागेको जानकारी दिए ।

महोत्सव व्यवस्थापनको सम्पूर्ण जिम्मा प्रदेशकै भएको बताउँदै उनले कर्णाली–रारा महोत्सव प्रदेश विकासको कोशेढुंगा हुने दाबी गरे ।

प्रधानमन्त्रीले सम्बोधन

महोत्सवको उद्घाटन प्रधामन्त्री केपी शर्मा ओलीले गर्नेछन् । प्रधानमन्त्री ओली ३० गते रारा नै पुगेर त्यहीँ बास बस्ने र एक गते विशेष सम्बोधन गर्ने बूढाले जानकारी दिए ।

बुधबार काठमाडौँमा जिफन्टको सातौँ महाधिवेश उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले १ गते रारा पुगेर पर्यटन प्रवद्र्धनको विगुल फुक्ने बताए । त्यस्तै उनले आफू कर्णाली प्रदेशको पहिलो पर्यटक भएको बताउँदै आन्तरिक पर्यटनलाई बढावा दिने बताएका दिए ।