काठमाडौँ– नेपालले क्रिकेटमा एकदिवशीय मान्यता पाइसकेपछि देशमा एउटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउनुपर्ने माग चौतर्फी बढेको छ । यसैबीच देशभर एकिकृत वस्ती निर्माण गरी हौसला पाएका कलाकार धुर्मस–सुन्तलीले क्रिकेट स्टेडियम बनाउनेतिर चासो देखाएका छन् । आज फेसबुकमा स्टाटस लेख्दै सिताराम कट्टेल (धुर्मुस)ले सरकार र अन्य निकायको सहयोग भए त्यसको निर्माण संयोजन आफू गर्न तयार रहेको बताएका हुन् ।


ADVERTISEMENT


धुर्मुसले लेखेका छन्, ‘नमूना नेपाल निर्माणको प्रक्रिया अघि बढिरहेका बेला अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान अपरिहार्य रहेको र सो निर्माणको संयोजन पनि तपाईहरुले गरिदिनुपर्यो भनेर एकप्रकारको सुझाव अनि अनुरोध आईरहेकै थियो । सबैको ईच्छा, चाहाना मात्र नभई क्रिकेटको स्तर उन्नती अनि खेलाडीहरुको मनोबल बढाउन पनि हामी दुबै चिजलाई अगाडि बढाउने निर्णयमा पुगेका छौं ।’


ADVERTISEMENT

# # #


नेपालको क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा देशको शिर ठाडो बनाएर हरेक नेपालीलाई खुसी दिलाउने मात्र नभई देशकै गरीमा उच्च राख्ने काम गरेको बताउँदै उनले रंगशाला निर्माणका लागि छुट्टै ‘ईन्टरनेशनल क्रिकेट स्टेडियम निर्माण समिति’ बन्ने र फाउण्डेशनले मात्र निर्माण संयोजन गर्ने उल्लेख गरेका छन् ।

रंगशाला खेल्ने मात्र नभई सुन्दर पर्यटकीय गन्तव्य पनि हुने बताउँदै उनले सरकारलाई सहयोग पुग्नेगरी यो योजना अगाडि सानु पर्ने बताए । नेपालीका लागि दुबै परियोजना महत्वपुर्ण भएको भन्दै उनले नमुना नेपाल वा क्रिकेट स्टेडियममध्ये कुन पहिले बनाउने ? भनेर सोधेका छन् ।

यस्तै कुमार कट्टेलले पनि केही दिन पहिले सरकारले सहयोग गरेमा अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माणमा आफूले नेतृत्व गर्ने बताएका थिए । उनले निर्माणमा अनुभव भएका दाजु धुर्मसको सहयोगको अपेक्षाका साथ उक्त कुरा भनेका थिए ।