काठमाडौं– शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज नेपाली बजारमा सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ ।
यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज प्रतितोला १२ सय रुपैयाँले सुन महँगिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २ लाख ६ सयमा किनबेच भइरहेको छ । त्यसैगरी, आज चाँदी प्रतितोला २ हजार ३ सय ६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
हिजो बिहीबार सुन तोलामा १ लाख ९९ हजार ४ सयमा किनबेच भएको थियो भने चाँदी २ हजार ३ सय ५५ रुपैयाँमा किनबेच भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔँस सुन ३ हजार ४०८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



























































