काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले समाजलाई कसरी राम्रो बनाउने र टुटेका मनहरूलाई कसरी जोड्ने भन्ने विषयमा आफू चिन्तनशील रहेको बताएका छन्।


ADVERTISEMENT


हेटौँडामा आयोजित मानव सेवा आश्रमको १३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले सङ्घीय सरकार मातहतका खाली भवन आश्रमलाई उपलब्ध गराउने गरी प्रधानमन्त्री र सम्बन्धित मन्त्रीसँग पहल गर्ने बताए छन् ।


ADVERTISEMENT

# # #


उनले प्रदेशलाई ‘मानवताको प्रदेश’ घोषणा गर्ने बताएका छन् । उनले प्रदेशका १३ जिल्लामा सडक तथा सहयोगापेक्ष मानवहरूको व्यवस्थापन गरेर सरकारले ‘मानवताको प्रदेश’ घोषणा गर्ने बताए ।

मानव सेवा आश्रमको सेवालाई प्रदेशका सबै १३ जिल्लामा विस्तार गर्न सरकारले पूर्ण सहयोग गर्ने बताए । सडक–आश्रित, बेसहारा तथा असहाय मानिसहरूको उद्धार र संरक्षणमा मानव सेवा आश्रमको कार्य उत्कृष्ट रहेको पनि बताए ।

उनले भने, ‘एउटा व्यक्तिले सत्य र मानवताको भावले निरन्तर काम गर्दा समाज र सरकारलाई नै घच्घच्याउन सक्दो रहेछ । हामी सरकारमा छौँ । हामीले चाहे धेरै गर्न सक्छौँ’ ‘यसअघि दुई वटा प्रदेशले सडक मानवमुक्त प्रदेश घोषणा गरिसकेको बुझेको छु । अब तेस्रो नम्बरमा बागमती प्रदेशले यथाशीघ्र ‘मानवताको प्रदेश’ घोषणा गर्नेछ । प्रदेशका सबै जिल्लामा सेवा विस्तार गर्ने अभियानमा सरकार साझेदार बन्नेछौँ । आवश्यकताअनुसार आश्रमका भवन तथा संरचना निर्माणमा सहयोग गर्न तत्पर छौँ ।’