काठमाडौं–तीन साताअघि काठमाडौंको नक्सालमा झुन्डिएकी भनिएकी बालिकाको मृत्युको कारण आत्महत्या नभई अन्य कारण हुनसक्ने बताउँदै आफन्तले शव बुझ्न मानेका छैनन् ।


ADVERTISEMENT


उनीहरुले घटनाको उचित छानबिन नभएसम्म शव नबुझ्ने बताएका छन् । गत फागनु २६ गते शनिबार सानिमा विकास बैंकका उच्च तहकका कर्मचारी बबिसिंह गर्तौलाको घरमा काम गर्न बसेकी सिन्धुपाल्चोक त्रिपुरा–३ की १४ वर्षीया बालिका रीता थामीको मृत्यु भएको थियो।


ADVERTISEMENT

# # #


गर्तौला परिवारले मृत्युको कारण बालिकाको आत्महत्या बताएका छन् । अध्ययन र फरेनसिक विभागको पोस्टमार्ट रिपोर्ट, घटनाको प्रकृति आपसमा बाझिएको कारण बालिकाको आत्महत्या नभई अन्य कारण हुन सक्ने आशंकामा शव नबुझेको आफन्तले जनाएका छन् । ‘घटनाको अध्ययन गर्दा आत्महत्या भन्ने धेरै आधार देखिँदैन, उचित छानबिन नभएसम्म शव बुझ्दैनौं,’ बालिकाकी आफन्त दिदी हिरामाया थामीले भनिन् ।

घरधनी गर्तौलाले प्रहरीलाई दिएको बयान र अस्पताललाई दिएको बयान फरक हुनु, झुन्डिएको घटना भने पनि प्रहरीलाई कुनै खबर नगरी शव अस्पताल पुग्नु, झुन्डिने प्रक्रियामा संलग्न कारण पत्यारलाग्दो नहुनु र फरेनसिक विभागको रिपोर्टले प्रशस्त आशंका जन्माएको पीडित परिवारको छ । ‘फरेनसिक विभागले झुन्डिएको भागमा डाम देखिएको र ‘अनडिटरमिन’ भनेको छ, कसरी झुन्डिएको मान्नु ?’ दिदी थामीले भनिन्।

सुरुमा घटनाको छानबिन महानगरीय प्रहरी वृत्त कमलपोखरीले गरेको थियो ।