काठमाडौं–पश्चिमी वायुको प्रभावले आज काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बद्ली र वर्षा भइरहेको छ । उक्त वायुको प्रभाव खासगरी पूर्व र मध्यका भू–भाग तथा पश्चिमी पहाडी क्षेत्रमा रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए ।


ADVERTISEMENT


काठमाडौंका विभिन्न स्थानमा बिहानैदेखि बद्ली र हल्का वर्षा भएको छ । अहिले वर्षा रोकिएर आकाश खुल्ला भएपनि अपराह्नदेखि पुनः वर्षा हुने मौसमविद् नगरकोटीको भनाइ छ ।


ADVERTISEMENT

# # #


पूर्व, मध्य र पश्चिमका केही पहाडी भेगमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार कास्कीको लुम्लेमा १७, जुम्लामा १७, जिरीमा आठ, विराटनगरमा छ, पोखरामा पाँच र काठमाडौंमा तीन मिलिमिटर वर्षा भएको छ ।

आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २७ र न्यूनतम ११ डिग्री सेल्सियस रहेको छ ।