काठमाडौं– मकवानपुरको थाहा नगरपालिका–१० टौखेलस्थित गणेशमान सिंह सडकखण्डमा ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार बिसंखेबाट टौखेलतर्फ जाँदै गरेको बा.प्र.६६ प २३५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई तरकारी लोड गर्नका लागि सडक छेउमा रोकी राखिएको ना.७ ख ४२७६ नम्बरको ट्रकमा ठोक्किएको थियो।


ADVERTISEMENT

# # #


दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक, स्थानीय ३२ वर्षीय अमिर गोपालीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

उनलाई सुरुमा बि एण्ड बि अस्पताल, ग्वार्खु काठमाडौँ लगिएको थियो भने पछि थप उपचारका लागि काभ्रेको श्रीमद् ऋषिकेश अस्पताल लगिएको थियो। अस्पतालमै उनको साँझ ७:३० बजे मृत्यु भएको हो।