तेह्रथुम– गएराति वर्षासँगै परेको चट्याङले तेह्रथुममा एक महिलाको ज्यान गएको छ भने अन्य दुईजना घाइते भएका छन् ।


ADVERTISEMENT


चट्याङले फेदाप गाउँपालिका–५, सम्दुकी ५३ वर्षीया फितरानी राईकोे घटनास्थलमै ज्यान गएको सक्रान्तिबजार इलाका प्रहरी कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


बुधबार बेलुका भान्सा कोठामा खाना पकाउने क्रममा अचानक चट्याङ परेको थियो । चट्याङ लागेर गीता राई र टेकबहादुर राई घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।