काठमाडौँ– मधेस केन्द्रित दल आबद्ध सांसदहरुले व्यवस्थापिका–संसद्को आजको बैठक बहिष्कार गरेका छन् ।


ADVERTISEMENT


संसद्को बैठक सुरु हुनेबित्तिकै सांसद अकवाल अमशद साहले मधेसी जनताको माग र भावनालाई सरकारले सम्बोधन गर्न नचाहेको र अधिकार दिन नचाहेको भन्दै गुनासो गरे ।


ADVERTISEMENT

# # #


संविधान निर्माणको क्रमदेखि नै आफूहरुले उठाउँदै आएका मागमाथि पटक पटक धोका भएको र सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधन प्रस्ताव अपूर्ण रहेको उनले जिकिर गरेका थिए । सांसद् साहको सो धारणालगत्तै मधेस केन्द्रित दलका सांसदहरुले बैठक बहिष्कार गरेका थिए ।

निर्वाचनको वातावरण बनाउन आग्रह

व्यवस्थापिका–संसद्को आजको शून्य समयमा सांसदहरुले स्थानीय तथा राष्ट्रिय समस्याका विषयमा सदन र सरकारको ध्यानाकर्षण गराए ।

उनीहरुले सरकारबाट यही वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा राजनीतिक समस्या समाधान गरी निर्वाचनको वातावरण बनाउन आग्रह सबैसँग गरे। यसरी आग्रह गर्नेमा शिवचन्द्र चौधरी, सकलदेव सुतियार थिए ।