दार्चुला–गृह मन्त्रालयले अन्तराष्ट्रिय सीमा नदीको रुपमा रहेको महाकाली नदीमा पुल लगाउन भारतीय पक्षलाई एक महिनापछि अनुमति दिएको छ । भारतीय पक्षले माग गरेको ठाउँहरुमा तीन ओटा पुल लगाउन गृह मन्त्रालयबाट अनुमति प्राप्त भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।


ADVERTISEMENT


भारतीय पक्षले त्रिदेशीय सीमा क्षेत्रमा पर्ने ब्याँस गाउँपालिकाको वडा नम्बर २ को नजांग, लखनपुर र छाङकङरे खोलामा अस्थायी काठे पुल लगाउन नेपाल सरकारसँग अनुमति माग गरेको थियो । कैलाश मानसरोवर जाने तिर्थयात्री तथा सौका समुदायको हुने बसाई सराईलाई मध्यनजर गर्दै केहि समयका लागी मात्रै अनुमति दिएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यसअघि भारतीय पक्षले नेपालको सहमति विनै ब्याँस गाउपालिकाको वडा नम्बर २ को ताम्पाक, नजांग, घाटीबोगड, मल्लो घाटीबोगड र वडा नम्बर १ को छाङकाङरे र बुदी खेलामा अस्थायी काठे पुल लगाएर भारत पट्टी निर्माण भैइरहेको सडकमा काम गर्ने मजदुरहरुलाई आवत जावत गराइरहेको थियो ।