धनगढी–खानेपानी मन्त्री बिना मगरले सबै नागरिकलाई स्वच्छ खानेपानीमा पहुँच पुर्याउन आफ्नो पहिलो प्राथमिकता रहेको बताएकी छन् । आज धनगढी बिमान स्थलमा प्रेस चौतारी र प्रेस सेन्टर नेपालले आयोजना गरेको संयुक्त पत्रकारमा सम्मेलनमा मन्त्री मगरले सो कुरा बताएकी हुन् ।


ADVERTISEMENT


नागरिकको आधारभूत आवश्यकताको रुपमा पानी भएकोले त्यसका लागि खानेपानी मन्त्रालयले हरेक नागरिकलाई स्वच्छ पानीमा पहुँच पुर्याउन आवश्यक पहलकदमी थालेको द्वद्वमन्त्री मगरको भनाई थियो ।


ADVERTISEMENT

# # #


मन्त्री भएपछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्रमा आएकी मन्त्री मगरले आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुर १ का साथै समग्र सात नम्बर प्रदेशको खानेपानीको समस्या समाधानका लागि दृढ भएर लाग्ने प्रतिबद्धता समेत जनाइन् ।

मन्त्री मगर आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुर १ मा जनतासँग शुभकामना आदानप्रदान तथा दिबंगत ज्ञानु दाहाल र पति प्रकाश दाहालको सम्झनामा पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिविरका लागि भरतपुर क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सकको टोली सहित आएको मन्त्री मगरका प्रेस सहयोगी जी भट्टले बताए ।