काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जनप्रतिनिधि भ्रष्ट भएको जनताले सुन्न नचाहेको बताएका छन् । गाउँपलिका राष्ट्रिय महासंघ नेपालको प्रथम महाधिवेशनमा बोल्दै ओलीले यस्तो बताएका हुन् ।


ADVERTISEMENT


ओलीले जनताले संरचनात्मक परिर्वतन खोजेका छन् त्यसलाई कसरी सुरक्षित, परिवर्तन, सुद्धिढ र प्रभावकारी बनाउन सक्छौ त्यतातर्फ अग्रसर हुन गाउँपालिका अध्यक्षहरुलाई आग्रह समेत गरेका छन् । जनताका कुराहरु कसरी संवोधन गर्न सक्दछौ कसरी र कति संवृद्धि दिन सक्दछौं त्यसैमा जनताको बिकास हुन्छ परिर्वतन हुने बताएका छन् ।


ADVERTISEMENT

# # #


हामीले जनतालाई नजिकबाट हेर्न सक्ने बन्नुपर्दछ । जनतालाई जती नजिकबाट हेर्न सक्यौ र उनीहरुको भावना बुझ्न सक्छौ त्यती छिटो नै सफल हुन सक्दछौं । संवोधनका क्रममा उनले कबि हरीभक्त कटुवाले कविता ‘जुनलाई टाढैबाट हेर प्रिय, नजिकबाट हेर्यो भने दाग देखिन सक्छ’ भन्ने कविता समेत सुनाएका थिए ।

फरक प्रसंगमा उनले नयाँ भर्ना कार्यक्रममा एक विद्यार्थीलाई भर्ना गर्न लैजाने कुरा समेत बताए ।