काठमाडौं–शुक्रबार उपचारको क्रममा दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएका कांग्रेस नेता खुमबहादुर खड्काको पार्थिव शरीर शनिबार साँझ स्वदेश ल्याइने भएको छ ।


ADVERTISEMENT


काँग्रेस केन्द्रिय सदस्य शंकर भण्डारीले खड्काको पार्थिव शरिर आज साँझ भारतको दिल्लीबाट काठमाण्डौमा ल्याइने जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनको पार्थिव शरीर नेपाल ल्याइएसँगै अन्तिम श्रध्दाञ्जलीका लागि सानेपास्थित निवासमा राखिनेछ भने आइतबार विहान ८ बजे देखि २ बजे सम्म पार्टी कार्यालयमा राखिनेछ ।

त्यसपछि उनको पार्थिव शरीर अन्तिम संस्कारलागि पशुपति आर्यघाट लगिनेछ र अन्तिम संस्कार भोलि अपरान्ह ३ बजे गराइने स्रोतबाट जानकारी प्राप्त भएको छ ।