काठमाडौं–कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले यसक्षेत्रको समृद्धिका लागि पर्यटनको विकासले महत्वपुर्ण योगदान पुर्याउने बताएका छन् । कर्णाली–रारा–पर्यटन वर्ष २०७५ को नारा र लोगो सार्वजनिक गर्न शनिवार प्रदेश मुख्यालय सुर्खेतमा आयोजना गरिएको पत्रकार सम्मेलनमा वोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको सुन्दरता ‘एक्सपोज’ गरि पर्यटनको विकास गर्न पर्यटन वर्ष मनाउन लागेको बताए ।


ADVERTISEMENT


हिजोको दिनमा गुमनाम पारिएको कर्णाली प्रदेशको संभावनालाई देखाउन पनि कर्णाली–रारा–पर्यटन वर्ष २०७५को उद्घाटन प्रधानमन्त्रीवाट गराउन लागेको उनको भनाई छ । मुख्यमन्त्री शाहीले भौतिक पुर्वाधारको उच्च विकास भएका क्षेत्र मात्र पर्यटकीय गन्तव्य नहुने वताउदै कर्णाली प्रदेश ‘नेचुरल कर्णाली’ हेर्नका लागि उपयुक्त हुने बताए ।


ADVERTISEMENT

# # #


उनले पर्यटन प्रवद्र्धनका लागि आवश्यक भौतिक पुर्वाधारको विकासमा पनि सरकारले ध्यान दिने बताए । पर्यटनको विकासले यस क्षेत्रका जनताको आर्थिक जीवनमा ठुलो परिवर्तन ल्याउन सकिने वताउदै मुख्यमन्त्री शाहीले स्थानिय उत्पादनको प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औंल्याए ।

कर्णाली भनेको पुरानो अंचलका ५ जिल्लामात्र नभएको वताउदै मुख्यमन्त्री शाहीले रारालाई केन्द्र वनाएर कर्णाली प्रदेशका १० वटै जिल्लाका पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा सरकार लागेको बताए ।

प्रदेश सरकारले कर्णाली–रारा–पर्यटन वर्ष २०७५ को उदघाटन वैशाख १ गते कर्णालीको पर्यटकीय ताल रारावाट प्रधानमन्त्री केपी शर्मा ओलीवाट गर्ने तयारी गरेको छ । त्यसका लागि मुख्यमन्त्री महेन्द्र वहादुर शाहीको संयोजकत्वमा मुल समिति निर्माण गरिएको छ भने विभागीय मन्त्रीहरुको नेतृत्वमा विभिन्न उपसमितिहरु निर्माण गरिएको छ ।

पर्यटन वर्षको उद्घाटन संगै वैशाख १ गते नै प्रधानमन्त्रीवाट राष्ट्रका नाममा सम्वोधन गर्ने, प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा कर्णाली प्रदेश सरकारको तेश्रो क्याविनेट वैठक, हुम्लाको उत्तरी नाका हिल्सा, कालिकोटको पातल झरणा र डोल्पाको शे फोक्सुण्डो तालको अवलोकन भ्रमण लगायतका कार्यक्रम तय गरिएको छ । पत्रकार सम्मेलनमा ‘कर्णाली समृद्धिको आधार, पर्यटनको विकास र पुर्वाधार’ भन्ने पर्यटन वर्षको मुल नारा र लोगो सार्वजनिक गरिएको थियो ।