काठमाडौँ– मधेसी मोर्चामा अवद्ध पाँच दलबीच बिहीबार औपचारिक रुपमा पार्टी एकता भएको छ ।


ADVERTISEMENT


राजेन्द्र महतोको सद्भावना पार्टी, महेन्द्रराय यादवको तराई मधेस सद्भावना पार्टी, महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी र राजकिशोर यादवको मधेसी जनअधिकार फोरम गणतान्त्रिकबीच आज काठमाडौंबाट पार्टी एकताको घोषणा भएको हो।


ADVERTISEMENT

# # #


डिल्लीबजारस्थित एक पार्टी प्यालेजमा एकिकरणको घोषणापछि नयाँ पार्टीको नाम राष्ट्रिय जनता पार्टी (राजपा) राखिएको छ भने चुनाव चिन्ह छाता हुने भएको छ । पार्टी एकतासंगै राजपा अब संसदमा मधेसको सबैभन्दा बढी सीट भएको पार्टी ठहरिएको छ । सोही कार्यक्रममा पार्टीको झण्डा पनि सार्वजनिक गरिएको थियो।

 

तस्बिर ::रासस 

मधेसबादी पाँच दलबीच एकता, राजपा बन्यो संसद्को पाँचौं ठूलो शक्ति