काठमाडौं–म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि नजिक पुगेको छ । शनिबार रातिको खेलमा एभर्टनलाई ३–१ ले हराएको म्यानचेस्टर सिटीले अब एक खेल जित्नुपर्ने छ । आगामी शनिबार हुने खेल पनि जितेमा सिटीले उपाधि उचाल्ने पक्का हुने छ ।


ADVERTISEMENT


शनिबार म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबीच प्रतिस्पर्धा छ । उपाधि नजिक पुगेको सिटीले अझै सात खेल बाँकी छ तर उसले अहिले नै ८४ अंक बटुलिसकेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ६८ अंक छ ।


ADVERTISEMENT

# # #


शनिबार राति एभर्टनलाई हराउने क्रममा सिटीका लागि लिरोय, गाब्रिएल र स्ट्रलिङले गोल गरेका थिए । एभर्टनका लागि बोलासिइले एक गोल गरेका थिए ।