काठमाडौं–संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित एक महिनाभित्र सबै स्थानीय तहमा कर्मचारी व्यवस्थापन हुने बताएका छन् ।


ADVERTISEMENT


शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पण्डितले महिना दिनभित्र स्थानीय तहअन्तर्गत सबै वडासम्म कर्मचारी व्यवस्थापन हुने दाबी गरे ।


ADVERTISEMENT

# # #


‘एक महिनाभित्र सबै स्थानीय तहमा कर्मचारी व्यवस्थापन हुन्छ,’ मन्त्री पण्डितले भने, ‘ कर्मचारीले काम गर्ने वातावरण मिलाउने काम जनप्रतिनिधिको काम हो ।’

मन्त्री पण्डितले ठगेररढाँटेर बिदा मिलाउने र काठमाडौंकेन्द्रीत हुने कर्मचारीलाई हाजिरीको व्यवस्था गर्ने कार्यालय प्रमुखलाई नै कारबाही गर्नेसमेत बताएका छन् ।

कर्मचारी व्यवस्थापन स्थानीय तहको ठूलो समस्या बनेको छ । कर्मचारी अभावका कारण कतिपय स्थानीय तहमा चुस्त रूपमा सञ्चालन हुन सकेको छैन ।

सबै स्थानीय तहमा करिब ५४ हजार कर्मचारी आवश्यक पर्छ मन्त्रालयको सर्वेक्षण अनुसार एउटा गाउँपालिकाम ५९ कर्मचारी अवाश्यक हुन्छ ।