राजु श्रेष्ठ : सभापति, नेपाली कांग्रेस  काठमाडौं क्षेत्र नं ४


ADVERTISEMENT


खुमबहादुर खड्कालाई कसरी सम्झिनुहुन्छ ?


ADVERTISEMENT

# # #


नेपाली कांग्रेसलाई आजको दिनसम्म ल्याइपुर्याउनका लागि उहाँको ठूलो योगदान रहेको छ । विपी कोइरालासंगै मेलमिलापको नीति लिएर आउनु भएको एउटा विकासप्रेमी, कार्यकर्ताले आफ्नो अभिभावक महशुस गर्नसक्ने एउटा निडर नेताका रुपमा म सम्झिन्छु । धार्मिक क्षेत्रमा पनि उहाँ एकदमै सक्रिय नेता हो । प्रतिकुल परिस्थितिमा पनि नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भनेर आवाज उठाउने नेता जसलाई हामीले गुमाएका छौँ ।

उहाँलाई राजनीतिक रुपमा जुन किसिमको अन्याय भएको छ । त्यसले राजनीतिक रुपमा क्षती त गर्ला । तर पार्टीलाई गर्नुपर्ने योगदानमा उहाँले कुनै कसर बाँकी राख्नु भएको छैन । राजाको समयमा भएका सबै मुद्दा फिर्ता भए । तर उहाँमाथि भएको मुद्दा फिर्ता हुन सकेन । खुम बहादुर खड्काको उपस्थिति नेपाली कांग्रेसमा सधैँ खड्किरहने छ । नेपाली कांग्रेसप्रतिको उहाँको योगदान नेपाली कांग्रेसप्रति आस्था राख्नेहरुले आगामी दिनमा पनि उहाँलाई सम्झिरहने छन् । हाम्रो मन मस्तिष्कमा उहाँ अमर हुनुहुन्छ ।