कन्चनपुर– खानेपानी मन्त्री विना मगरलाई गृहजिल्लामा २१ किलोको माला लगाएर स्वागत तथा सम्मान गरिएको छ ।


ADVERTISEMENT


गृहजिल्ला भ्रमणमा रहेकी मन्त्री बिना मगरलाई बेलौरी नगरपालिकाले २१ किलोग्रामको मालाले स्वागत गरेको हो । २१ बुँदे मागसहित नगर प्रमुख पोतिलाल चौधरीले मन्त्री मगरलाई २१ किलोको माला लगाइदिएका हुन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा स्थानीय मतदाताकै समर्थनले सिंहदरबारसम्म पुगेको बताउँदै मन्त्री मगरले नगरपालिकाले राखेका माग पूरा गर्न पहल गर्ने बताएकी छन् । ‘२१ किलोको मालाले मलाई थप जिम्मेवारीबोध गराएको छ,’ मन्त्री मगरले भनिन् ।

नगरपालिकाले बुझाएको मागपत्रमा छोटी भन्सार बैशाखालाई आधुनिक सुविधासम्पन्न भन्सारको रुपमा विकास गर्नुपर्ने माग समेटिएको छ ।

यस्तै नगरपालिकाभित्र रहेका तालतलैयालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी रोजगारी सिर्जना गर्नुपर्ने, सबै वस्तीमा शुद्ध खानेपानीको व्यवस्था गर्नुपर्ने, आरक्ष विस्थापितको समस्या समाधान गर्नुपर्ने, स्वरोजगार र जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्नुपर्ने लगायतका माग नगरपालिकाले गरेको छ ।

यो सँगै द्वन्द्वका क्रममा सरकार र विद्रोही दुबै पक्षबाट पीडित भएका शहीद तथा बेपत्ताका परिवारजनलाई सम्मान गर्न माग समेत गरिएको छ ।

आइतबारको कार्यक्रममा नगरपालिकाले शहीद तथा बेपत्ताका परिवारजनलाई साइकल वितरण समेत गरेको थियो ।

प्रतिकृया

प्रतिकृया