काठमाडौँ– आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले ७५ वटै जिल्लाको मतपत्रको नमुना सार्वजनिक गरेको छ ।
आयोगले आफ्नो वेबसाइटमार्फत ६ प्रकार र ७५ आकारका मतपत्र सार्वजनिक गरेको हो । मतपत्र छपाईको काम अन्तिम चरणमा पुर्याएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।


ADVERTISEMENT


संसदमा प्रतिनिधित्व गर्ने २७ दललाई पार्टीको चुनाव चिन्ह राखेर मतपत्र छापिएको छ भने बाँकी दल वा स्वतन्त्र उमेदवारलाई एक उमेदवार एक चिन्ह रहने गरी छापिएको छ ।


ADVERTISEMENT

# # #


जसमा काठमाडौंबाट १७ वटा पार्टीले आफ्नो पार्टीको चिन्ह पाएका छन् । जसले ती पार्टीले एउटै वडाबाट ११९ जना उमेदवार उठाउन सक्छन् । त्यसबाहेक ३५७ जना स्वतन्त्र उमेदवार बन्न एउटै मतपत्रमा चिन्ह राखिएको छ । सबैभन्दा थोरै दल दर्ता भएको मनाङमा पाँचओटा पार्टीले दलगत उमेदवारी दिन पाउँनेछन् भने ९१ जनासम्मले स्वतन्त्र उमेदवार दिन सक्ने गरी एउटा मतपत्र बनाइएको छ । बाँकी जिल्लाहरुको पनि दल दर्ताका आधारमा मतपत्र तयार पारिएको छ ।

निर्वाचनमा यस्तो हुनेछ मतपत्रको नमुना । आफ्नो जिल्लाको मतपत्र हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् । 
http://www.election.gov.np/election/np/district-wise-ballot-paper-design-148.html