काठमाडौं–सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीका उमेरसम्बन्धी अभिलेखहरू सम्बन्धित निकायबाट मगाएको छ । अधिवक्ता हेममणि सुवेदीले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै आइतबार सर्वोच्चले उनको नियुक्ति र उमेरसम्बन्धी अभिलेख मगाएको हो ।


ADVERTISEMENT


न्यायाधीश केदारप्रसाद चालिसेको एकल इजलासले परिषदले प्रधान्यायाधीशको रूपमा पराजुलीलाई गरेको सिफारिसको निर्णय र उमेरसम्बन्धी निर्णय, संवैधानिक परिषदले उनलाई प्रधानन्यायाधीशमा गरेको निर्णय र राष्ट्रपतिसमक्ष उनले दिएको राजीनामासम्बन्धी कागजातहरू मगाएको हो ।


ADVERTISEMENT

# # #


पराजुलीको एसएलसीको सर्टिफिकेट परीक्षा नियन्त्रण कार्यालयबाट प्राप्त भएपछि उनी कानूनअनुसार साउनमै अवकास पाइसक्नुपर्ने देखिएको भन्दै न्यायपरिषदका सचिव नृपध्वज निरौलाले उनलाई अवकासको पत्र पठाएका थिए । त्यसको बोधार्थ उनले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सर्वोच्च अदालत र सैवैधानिक परिषद्मा पठाएका थिए ।

फागुन ३० उक्त बोधार्थ पठाए पनि राष्ट्रपति विद्यादेवि भण्डारीले पराजुलीबाटै पद तथा गोपनीयताको शपथ लिएकी थिइन् । त्यसको भोलिपल्ट पराजुलीले राजीनामा दिएका थिए । पराजुलीले राष्ट्रपतिलाई खुवाएको सपथ बदर गर्न र फेरि सपथ लिन आदेशको माग गर्दै अधिवक्ता सुवेदीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

उनी प्रधानन्यायाधीश हुनुअघि देखि नै उमेर विवादमा तानिदै आएका थिए । पहिलो नागरिकता र नागरिकताको प्रतिलिपिमा उनको फरक उमेर देखिएको थियो । त्यस्तै न्यायपरिषदको अभिलेख मा अर्कै उमेर थियो । एसएलसीको प्रमाणपत्र हेर्दा अहिलेसम्म परिषद् नागरिकता र शैक्षिक प्रमाणपत्रमा देखिएको भन्दा फरक जन्ममिति देखिएपछी परिषद्का सचिवले सबैभन्दा पहिले अवकास हुनु पर्ने जन्ममिति नै कायम गरेर अवकाशको पत्र थमाएका थिए ।